‘८६ वर्षे नेपाल बैंक’ पोखराको लेकसाइडमा आठौं शाखा
पाेखरा | चैत १४, २०७९
पोखरा: नेपाल बैंक लिमिटेडले पोखराको लेकसाइडमा ८ औं शाखा सञ्चालनमा ल्याएको छ ।
लेकसाइडमा शाखा बैंकिङ सञ्चालनमा ल्याएसँगै बैंकले पोखरामा आठौं शाखा सञ्चालनमा ल्याएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद अधिकारीले सयुक्त रुपमा लेकसाइड शाखाको उद्घाटन गरेका हुन् । शाखा बैंकको औपचारिक उद्घाटन आज भएपनि गत भदौै देखि नै शाखा सञ्चालनमा रहेको नेपाल बैंक पोखराले जनाएको छ ।

नेपाल बैंक लेकसाइड शाखाको उद्घाट समारोहमा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल बैंकले पोखराको भित्रको आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए ।
‘नेपाल बैंकले पोखरामा ८ औं शाखा लेकसाइडमा विस्तार गर्दै पोखराको भित्रको आर्थिक समृद्धिको लागि सहयोग पु¥याएको छ, मेयर आचार्यले भने, ‘पछिल्लो समय सहकारीको क्षेत्रमा समस्या देखा परेको छ, त्यसमा राष्ट्रबैंकले अनुगमन र नियमन गर्नुपर्ने देखिएको छ ।’
राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख आर्या जोशीले बैंकिङ शाखा विस्तारले मात्र जनता बैंकिङ पहुचमा सहजै पुग्न नसकेको बताईन् ।
‘बैंकहरुको शाखा विस्तार भएको छ, तर भौगोलिक विविधताको कारण शाखामा पनि जनता सजिलै पुग्न सकेका छैेनन्, उनले भनिन्, ‘नागरिकलाई सुविधा सहितको शाखा विस्तारमा सबै बैंकहरुले ध्यान दिन जरुरी छ ।’
उनले कोभिड पछि अर्थतन्त्रमा असहज भएको र अहिले अर्थतन्त्र सुधार उन्मुख भएकाले बैशाखदेखि व्याजदर घट्ने समेत बताईन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक अन्य बैंक भन्दा भिन्न रहेको बताए ।
‘नेपाल सरकार र नेपाली जनताको शेयर भएको नेपाल बैंक पहिचान सहितको बैंक हो, निर्देशक अधिकारीले भने, ‘यो बैंकको मुख्य लक्ष्य नागरिकलाई सेवा दिनु हो, नेपालको नाम जोडिएको बैंक भएकाले जनताको सेवामा सधै अगाडि बढेको छ ।’
कार्यक्रममा पोखरा महानगरपालिका ६का वडाध्यक्ष विष्णुबहादुर भण्डारी, नेपाल बैंक गण्डकी प्रदेशकी प्रमुख सचिता पराजुली, नेपाल बैंक भुतपूर्व कर्मचारी संघका राजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए ।
वि.सं.१९९४ मा स्थापना भएको बैंकका हाल देशभरी २ सय २८ वटा शाखा रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ३० शाखा र पोखरामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ । पोखरामा १० वटा एटिएम बुथ मार्फत बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

